१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रुपन्देहीमा प्रजिअ सहित दुइ सुरक्षा अगंका प्रमुखको सरुवा

फाइल तस्विर ः रुपन्देहीको मोतिपुर ओधोगिक क्षेत्रको शिलन्यासमा अर्थमन्त्री बिष्णु पौडेल

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी संगै दुइ सुरक्षा अंगका प्रमुखको एकै पटक सरुवा गरीएको छ । प्रमुख जिल्ला अधिकारी  पीताम्बर घिमिरे,प्रहरी प्रमुख एसपी प्रविण पोखरेल र सशस्त्रका प्रहरी प्रमुख एसपी भरत खनीयाको गृहले एकै पटक  सरुवा गरीदिएको हो । जिल्लामा आएको ७ महिना नपुग्दै प्रजिअ घिमिरे,प्रहरी प्रमुख पोखरेल र सशस्त्रका खनीयालाइ अर्थमन्त्री बिष्णु पौडेलको दवावमा सरुवा गरीएको श्रोतको दावी छ ।  तर यसबारे तीनै जनाले कुनै प्रतिक्रिया दिएका छैनन ।  

रुपन्देहीको मोतिपुर औधोगिक क्षेत्रको शिलन्यास कार्यक्रममा सहभागी अर्थमन्त्री बिष्णु पौडेल र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सुरक्षा व्यवस्था फितलो भएको भन्दै गृह मन्त्रालयले  तीनै जनाको सरुवा गरेको बताइएको छ । गृह मन्त्रालयका अनुसार प्रजिअ घिमिरेको पर्सा जिल्लामा सरुवा भएको छ । रुपन्देहीमा पर्साका अस्मान तामाङ आउने छन । प्रहरी प्रमुख पोखरेलको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । रुपन्देहीमा एसपी मनोज केसी आउदैछन  ।  

जग्गा अधिग्रहणका समबन्धमा स्थानीयका जायज मागलाइ समेत वेवास्ता गर्दै बिना तयारी अर्थमन्त्री पौडेलले गत फागुन २१ गते रुपन्देहीको मोतिपुर औधोगिक क्षेत्रको शिलन्यास गरेका थिए । स्थानीयले आफुहरुलाइ थाहै नदिइ जग्गा कब्जा गरेर जबरजस्ती अर्थमन्त्रीले शिलन्यास गरेको भन्दै कार्यक्रम रोक्न खोजेका थिए । तर अर्थमन्त्री पौडेलले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर जबरजस्ती शिलन्यास कार्यक्रम गरे  ।  

शिलन्यास पछि भाषणकालागि मञ्चमा मन्त्री पौडेल पुगेपछि आक्रोसित स्थानीयले  मञ्चतीरै ताकेर ढुङ्गा हान्ने प्रयास गरेपनि सुरक्षाकर्मीले रोक्न सफल भएका थिए । त्यसलगत्तै मन्त्री पौडेल र भट्ट कार्यक्रम बिचमै छोडेर हिँडेका हुन । कार्यक्रमको सुरक्षाकालागि अघिल्लै दिन देखि ठुलो संख्यामा प्रहरी परिचालन गरीएको थियो । सुरक्षाकर्मीहरुको संयमता  र सक्रियताकै कारण त्यसदिन कुनै अप्रिय घटना भने हुन पाएन ।

अर्थमन्त्रीले शिलन्यास गरेको औधोगिक क्षेत्रको अहिले सम्म इआइए पनि गरीएको छैन । अधिग्रहण गरीएको भनिएको स्थानीयको जग्गाको न मुआब्जा दिइएको छ न उनीहरुलाइ बैकल्पिक व्यवस्थापनको योजना ल्याइएको छ ।

प्रकाशित: १७ चैत्र २०७७ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App