१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निश्चित व्यक्ति पदमा पुग्न नपाउँदा प्रतिगमन !

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने नभए प्रतिगमन हुने परिभाषा बनाउन लागेकोमा चिन्ता व्यक्त गरेका छन्।  

संसद बैठकमा बोल्दै ज्ञवालीले भने, 'सकारात्कम कुरा सुन्नै नचाहने प्रवृत्ति पनि छ। निश्चित व्यक्तिको प्रधानमन्त्री हुने चाहन पुरा नहुँदा प्रतिगम भन्ने भाष्य बनाइएको छ।' मेलम्चीको पानी काठमाडौंमा झार्ने, कोरोनाको खोप लगाउने लगायतका अग्रगमनका काम आफुहरुले गर्न चाहेको उनले बताए।

सर्वोच्चको फैसलापछि नेकपाको एकता पछि तीन वर्षदेखिका प्रयासहरु शून्यमा पुगेको उनले बताए। 'कुनै फैसला पक्षमा आउँदा न हामी लड्डु खान्छौ, प्रतिकुलतामा आउँदा न झोक्राएर बस्छौं', उनले भने।

सिके राउत र विप्लवलाई शान्तपूर्ण राजनीतिको मुलधारमा सरकारले ल्याएको ज्ञवालीको भनाई छ। 'अब नेपाल द्वन्द मुक्त भएको छ। अहसहमतिहरु कानुनको दायराभित्र आएका छन्, उनले भने, 'सिंगो राष्ट्रलाई एक ठाउँमा ल्याउन सफल भएका छौं।'

राष्ट्रिय हितका कुरा गर्दा छिमेकसँग सम्वन्ध विग्रँदैन बरु कुरा गुन्द्रीमुनी लुकाउँदा विग्रन्छ भन्ने कुरा स्थापित भएको उनले बताए।

राष्ट्रपति विद्या भण्डारीले बंगलादेशको भ्रमणक गर्न लागेको संसदमा जानकारी दिँदै उनले बंगलादेशले नयाँ ट्रान्जिट रुट दिने सम्भावना पनि बढेको बताए।

 

प्रकाशित: ६ चैत्र २०७७ ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App