coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आज जसपाको बैठक, समीकरण तय हुने

नयाँ समीकरण निर्माणको विषयमा संस्थागत निर्णय लिन जनता समाजवादी पार्टीले बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको छ। सो बैठकले पार्टीको आधिकारिक र संस्थागत लाइन तय गर्ने जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए।

पार्टीले आधिकारिक लाइन तय गर्दा पार्टी कार्यकर्ता अलमलमा परेका छन्। कार्यकारिणी समितिको बैठकको अजेन्डा तय गर्न मंगलबार र बुधबार काठमाडौंमा जसपाका ५ शीर्ष नेताहरूले डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतोले छलफल गरेका थिए। सो छलफलले कार्यकारिणी समितिको बैठकका लागि तीनवटा अजेन्डा तय गरेको छ। पहिलो अजेन्डामा समसामयिक राजनीतिको विषयमा छलफल हुने, दोस्रो अजेन्डामा समायोजन र अन्य विविध विषयमा कार्यकारिणी समितिको बैठकमा छलफल हुने पार्टीका नेताहरूले जनाएका छन्।  

नयाँ सरकार निर्माणको विषयमा जसपाका नेता दुई कित्तामा बाँडिएका छन्। जसपालाई अहिले दुवैतिर सत्ता साझेदारीको प्रस्ताव आएको छ। एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले छुट्टाछुट्टै यस्तो प्रस्ताव गरेका छन्। यसैगरी नेपाली कांग्रेसका नेताले पनि जसपासँग भेटघाट र कुराकानी जारी राखेका छन्। जसपाका नेताहरू भने कुन पक्षसँग सत्ता साझेदारी गर्ने भन्ने विषयमा दुई धारमा बाँडिएका छन्। बाबुराम भट्टराई, यादवलगायत नेताहरू माओवादी केन्द्रसँग मिलेर सत्ता साझेदारी गर्नुपर्ने अडानमा छन् भने महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरू ओलीसँग निकट देखिएका छन्।

प्रकाशित: ५ चैत्र २०७७ ०१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App