१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्घाखाँचीमा एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कार्यालय स्थापना

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतले मान्यता नदिएपछि दुवै पार्टीले आ–आफ्ना पुरानै कार्यालयमा गतिविधी गर्न थालेका छन् ।

देशैभर दुवै पार्टीले पुरानै नामका बोर्ड र व्यानर राख्न रस्साकस्सी गरेको देखिन्छ । गत फागुन २५ गते नेकपा एमालेले आफ्नो कार्यालय पुनः स्थापना गरेको थियो । पार्टी एकिकरण पश्चात नेकपाको पार्टी कार्यालय रहेको मदन आश्रित स्मृती भवनमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको थियो ।

आज माओवादी केन्द्र अर्घाखाँचीले पनी आफ्नो कार्यालय पुनःस्थापना गरेको छ । अदालतले नेपाल कम्युनिष्ट पार्टीलाई मान्यना नदिएपछी पुरानै अवस्थामा पुगेका नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै कार्यालय स्थापना गरेका हुन् । पुरानो कार्यालय रहेको सन्धिखर्कको बैंकरोडमा कार्यालय पुनःस्थापना गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार बिकले जानकारी दिए ।  

अर्घाखाँचीमा पुर्व एमालेका सबै नेता पुरानै पार्टीमा फर्किएका छन् भने माओवादी केन्द्रका प्रतिनिधीसभा सदस्य टोपबहादुर रायमाझी र राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का ओली तिरै लाग्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित: २८ फाल्गुन २०७७ ११:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App