coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगले एमाले र माओवादीलाई भन्यो : एकता गर्ने भए १५ दिन भित्र निवेदन लिएर आउनु

निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई औपचारिकरुपमा खारेज गर्दै नयाँ एकता गर्ने भए १५ दिन  भित्र आयोगमा आउन भनेको छ।  दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ (पन्ध्र) दिन भित्र आयोगमा निवेदन सहित उपस्थित हुन एमाले र माओवादी केन्द्रलाई जानकारी दिने आयोगले जनाएको छ।  

सर्वोच्च अदालतको आइतबारको फैसलाले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि आयोगले मंगलबार औपचारिकरुपमा दुई दलको एकता पछि बनेको नेकपा खारेज गरेको थियो। २०७५ जेठ ३ गते निर्वाचन आयोगमा नेकपा दर्ता भएको थियो। 

 

प्रकाशित: २५ फाल्गुन २०७७ १०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App