१६ चैत्र २०८० शुक्रबार
राजनीति

एमाले र माओवादी मिलेर बनेको नेकपा निर्वाचन आयोगबाट खारेज

निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई औपचारिकरुपमा खारेज गरेको छ। आयोगले एक विज्ञप्ति जारी गर्दै  सर्वोच्चको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरण भई बनेको दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल उत्प्रेषणको आदेशबाट बदर भएकोले आयोगमा दर्ता नम्बर १४५ मा दर्ता रहेको नेपाल नेकपा खारेज गरिएको जनाएको छ।  

दल खरेजीको जानकारी एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई गराउँदै सोही फैसला बमोजिम अलग अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहेको जानकारी दुवै अध्यक्षलाई जानकारी दिने आयोगले बताएको छ।  

 

प्रकाशित: २५ फाल्गुन २०७७ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App