१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओली र गोकुल बास्कोटाको फोटोसहित काभ्रेमा एमालेको कार्यालय सञ्चालन

काभ्रेपलाञ्चोकमा साविकको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) साइनबार्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखिएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय कार्यकर्ताहरुले ओली र पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको फोटो रहेकाे  ब्यानर राखेर जिल्ला पार्टी कार्यालयलाई एमालेकरण गरेका हुन्।

सर्वोच्च अदालतले तत्कालीन एमाले ब्यूँताइदिएपछि ओली पक्षीय नेता कार्यकर्ताले देशैभरका विभिन्न पार्टी कार्यालयहरुमा एमालेको साइनबोर्ड राख्न थालेका छन्। मंगलबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा एमालेको साइनबोर्ड राख्ने ओली पक्षको तयारी छ।

प्रतिनिधिसभा विघटनको कदमपछि सत्तारुढ दल नेकपा ओली समूह र प्रचण्ड–नेपाल समूह गरी दुई खेमामा विभाजित बनेको थियो। 

प्रकाशित: २४ फाल्गुन २०७७ १२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App