२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले वैधता गुमाउनु भयो : भीम रावल

संसदमा बोल्दै भीम रावल। तस्बिर : दिपेश श्रेष्ठ

नेकपाका सांसद भीम रावलले सरकारले सम्पूर्णरुपमा वैधता गुमाएको बताएका छन्। संसद बैठकमा बोल्दै उनले वैधता गुमाएका प्रधानमन्त्रीले अध्यादेश ल्याउन नपाउने उनले बताए। संसदको कार्यसूची संशोधन नभए त्यसलाई स्वीकार गर्न नसकिने उनले बताए।

उनले  पुस ५ गतेका दिन संविधानसभाबाट लेखिएको संविधानमा प्रधानमन्त्रीबाट प्रहार गरिएको बताए।  

सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनेर संविधानमाथीको प्रहार निस्फल बनाएको बताए।  

'जुन सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको गर्नुभयो उहाँको स्थिति के हो थाहा पाउनु पर्छ कि पर्दैन?' भन्दै उनले प्रश्न गरे।

सर्वोच्च अदालतले नेकपाबारे गरेको फैसला कानुनी हो कि राजनीतिक विचार विमर्श हुन जरुरी भएको उनले बताए। 'नेकपा होइन भने वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो अध्यादेश ल्याउनु अगाडि भन्नु पर्छ, उनले भने।

 

 

प्रकाशित: २३ फाल्गुन २०७७ १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App