१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा पुनःस्थापना संविधानवादको विजय भएको कांग्रेस संसदीय दलको निश्कर्ष

सांकेतिक तस्बिर।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयको स्वागत गरेको छ। शुक्रबार संसद् भवन बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधि सभा पुनःस्थापनालाई संविधानवादको विजय भएको निश्कर्ष निकालेको पार्टी प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

नेता खाँणकाअनुसार आजको बैठकले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा सम्बन्धमा कुनै निर्णय गरेको छैन। यद्यपि, बैठकमा २९ जना सांसदले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राखेका थिए।  

कांग्रेसले वर्तमान राजनीतिक परिस्थितिका सम्बन्धमा उचित समयमा उचित निर्णय गर्ने लिने नेता खाँणको भनाई छ।

आजको बैठकले कोभिड–१९ विरुद्धको खोप सबै नागरिकले पाउनेगरी व्यवस्था गर्न माग सरकारसँग माग समेत गरेको छ। यस्तै, बैठकले कोरोना भाइरस महामारीको बेला बन्द गरिएका सीमा नाकाहरु खोल्न सम्बन्धित निकायले आग्रह पनि गरेको छ।  

प्रकाशित: २१ फाल्गुन २०७७ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App