१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाए हुन्छ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन्।  मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुने विश्वास व्यक्त गरे।  

सभामुुख सापकोटाले भने, ‘खोप लगाउँदा अलि असहज हुुन्छ कि भनी सोचेको थिए । बिल्कुल असहज भएन । खोप लगाउने बेला हुँदैछ होला  भन्दै थिए, खोप दिइसकिएको छ ।’  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सबै नेपाली नागरिकलाई विना हिचकिचाहट सहज ढङ्गले खोप प्रयोग गरी स्वथ्य रहन अपिल गरे।  

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले मानव जातिलाई अप्ठेरो पारिरहेको अवस्थामा खोपको आविष्कार र प्रमाणित भएपछि मानिसले खराब विषाणुविरुद्ध फेरि एकपटक विजय हासिल गरेको महसुस भएको बताए।  

अध्यक्ष दाहालले भने, ‘अरूलाई लगाएको देख्दा अलि दुख्छ जस्तो लागेको थियो, आफैँले लगाउँदा खोप लगाएको थाहा नै पाइनँ । कतिबेला खोप्नु हुुन्छ होला भनेको त भइसक्यो पो भन्नुभो । बडो सरल रहेछ । कसैले कुनै पनि खाले तनाव लिनुपर्ने अवस्था छैन । सहज ढङ्गबाट हुुन्छ ।’  

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अन्तर्राष्ट्रिय समुदायबाट गहिरो  अध्ययन र अनुसन्धानबाट  प्रभावकारी साबित भएको कोभिड–१९ विरुद्धको खोप ढुक्क भएर विश्वासका साथ लगाउन सर्वसाधारणलाई सुझाव दिए। उनले भने, ‘यसअघि पनि मैले विभिन्न खाले धेरै खोप लगाएकाले यस पटक खोप लगाउँदा कुुनै खासै अनुभव भएन । घोचिएको पनि अनुभव हुुँदो रहेनछ । आतिन पर्ने अवस्था छैन । खोप लगाउनु प¥यो, स्वस्थ हुन प¥यो ।’  रासस 

प्रकाशित: १९ फाल्गुन २०७७ ०८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App