२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

आउँदो चुनावमा दुई तिहाई ल्याएर सिंहदरबार फर्किन्छु : ओली

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको बताएका छन्। मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई कसैले हटाउन सक्छ भने हट्न तयार रहेको तर त्यो सहज भने नहुने बताएका हुन्।  

उनले अहिले आफूलाई कसैले हटाएपनि आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर पुनः सिंहदरबार फर्किने बताए। ‘कसैले मलाई हटाउन सक्छ भने हटाओस्, तर त्यो सजिलो छैन,’ ओलीले भने,‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस् तर, आउँदो चुनावमा दुई तिहाईका साथ सिंहदरबार फर्किन्छु।

नेपाल विश्वकै सबैभन्दा कम खर्चमा स्वास्थ्य उपचार र परीक्षण गर्ने देश भएको उनको भनाई छ। उनले नेपालको माटोमो डिजिटल नक्सा बनाइसकेपछि कृषि क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको समेत बताए।  

सम्बोधनका क्रममा उनले शिक्षा, प्रविधि, भौतिक पूर्वाधारको क्षेत्रमा सरकाले धेरै काम गरेको बताएका थिए।

७० वर्षीय ओलीले आफू अझै बुढो भइनसकेको बताए। ‘म बुढो भएको छैन, भर्खर मेरो बुवा बुढो हुन लाग्नुभएको छ,’ उनले भने।

प्रकाशित: १८ फाल्गुन २०७७ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App