७ वैशाख २०८१ शुक्रबार
राजनीति

पूर्वप्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किंदै

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आज (मंगलबार) नेपाल वायुसेवाको जहाजबाट स्वदेश फर्किंदै छन्। भट्टराईको न्युरोइन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष आएसँगै स्वास्थ्य परीक्षण पूरा गरी आज फर्कंन लागेका हुन्।

भट्टराईको न्युरोइन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष आइपनि पेटमा देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकले सुझाव दिएका छन्।  

अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो। उनले डा.प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए।

प्रकाशित: १८ फाल्गुन २०७७ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App