७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

पूर्वाग्रह राखिने छैन : प्रमुख आयुक्त राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग गर्ने जोसुकैलाई पनि तथ्य र प्रमाणका आधारमा कारबाही गरेरै छाड्ने बताएका छन्। शनिबार बिहान टंगालस्थित आयोगको मुख्यालयमा आयोजित एक कार्यक्रममा राईले आग्रह तथा पूर्वाग्रहका आधारमा आफू नचल्ने स्पष्ट पारेका हुन्।  

मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो

रहेकाले नागरिकले अनुभव गर्न सक्नेगरी काम गर्नु आफ्नो चुनौती रहेको उनले बताए। आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढंगले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने बताउँदै उनले भने, ‘आम नागरिक मिडिया, सोसल मिडियालगायत सबैले बढ्दो भ्रष्टाचारको विषयमा चिन्ता व्यक्त गरिरहेका छन्, उहाँहरूको अपेक्षाअनुसार सबैले महसुस गर्नेगरी नियन्त्रण तथा कारबाहीको काम गर्न पछि हट्नेछैन।’

फरक प्रसंगमा प्रतिशोध तथा पूर्वाग्रहका आधारमा निर्दाेषलाई फसाउने काम हुँदै नहुने भन्दै प्रमुख आयुक्त राईले आफ्नो कार्यकालमा आयोग इतिहासमै प्रभावकारी काम गरेर बिदा हुने दाबी गरे।  

हालै अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुनुभएका राईलाई बधाई दिन काठमाडौं महानगरपालिका–२९ का स्थानीय, स्थानीय संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवी कार्यालयमै पुगेका थिए। उनलाई बधाई दिन जानेमा काठमाडौं महानगरपालिका २९ का वडाध्यक्ष कुश ढकाल, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी, सामाजिक विकास समाजका कार्यवाहक अध्यक्ष ओमप्रसाद उप्रेती, घट्टेकुलो नमुना नगर टोल सुधार समितिका अध्यक्ष इन्द्रसुर राई तथा घट्टेकुलो नमुना नगर टोल सुधार समितिका कार्यक्रम संयोजक मोहनकुमार डाँगीलगायत थिए।

प्रकाशित: १६ फाल्गुन २०७७ ००:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App