२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

‘ओलीजी नैतिकता भए राजीनामा दिनुस्’

नेकपा मसालका महासचिव मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन। प्रगतिशील पत्रकार संघ रूपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्। ‘अलिकति पनि नैतिकता बचेको भए ओलीजीले राजीनामा दिएर मुलुकलाइ निकास दिनुपर्छ, तर उहाँमा नैतिकता नै देखिएन,’ उनले भने।  

सर्वोच्चको निर्णयले मुलुकलाइ अराजनीतिक र असंवैधानिक बाटोमा जानबाट रोकेको उनले बताए। संसद् पुनःस्थापनाले संविधानलाइ थप बलियो र विश्वसनीय बनाए पनि राजनीतिक अस्थिरता भने बढ्न सक्ने आशंका सिंहले गरे। प्रम ओलीले नै देशमा अस्थिरता निम्त्याएको भन्दै उनले बाह्य शक्तिको चलखेल झन बढ्ने बताए। ‘भारत, अमेरिका पक्ष झन् बलियो देखिएको र चीन पक्ष केही कमजोर भएको उनको विश्लेषण छ।  

संसद् पुनःस्थापनासँगै मुलुकमा नयाँ चुनौती थपिएको भन्दै उनले राजनीतिक निकासका लागि लोकतान्त्रिक गणतन्त्र पक्षधरहरू मिलेर जानुपर्नेमा जोड दिए। नेता सिंहले नेकपा ओली र कांग्रेसबीच समीकरण हुनसक्ने बताए। प्रम ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै एससिसीको पक्षमा रहेकाले यी दुइको गठबन्धन बन्न सक्ने सिंहको भनाइ छ।

प्रकाशित: १४ फाल्गुन २०७७ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App