१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद पुन:स्थापनाको फैसलापछि प्रचण्ड–नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटे

सर्वाेच्च अदालतले संसद पुनःस्थापनाको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले देशभर खुशीयाली मनाइरहेका छन् ।  

मंगलबार साँझ सर्वाेच्च अदालतले संसद् पुनःस्थापना फैसला गरेपछि  नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले एक अर्कालाई लड्डु खुवाएर खुशीयाली मनाएका हुन् । 

प्रचण्ड–नेपाल समूहले भोलि चितवानमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल चितवन पुगेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि पुनस्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट परेको थियो। राष्ट्रपति भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन्।

सर्वोच्चले उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा राखेको थियो। संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र सपना मल्ल प्रधान रहेका थिए।  

संसद विघटनविरुद्ध सर्वोच्चमा १३ वटा मुद्दा परेका थिए।

प्रकाशित: ११ फाल्गुन २०७७ १४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App