१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट, जग्गा हस्तान्तरणका विषयमा कुरा भएको सेनाको दाबी

क्याप्शन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ। संसद् विघटन सम्बन्धी मुद्दामा बहस सकिएर फसैला आउने बेला सोमबार सर्वोच्च अदालतमा जबरा र थापाबीच भेटवार्ता भएको भएको हो।

सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार जबरा र थापाबीच सर्वोच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको हो।  

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले पनि प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेट भएको पुष्टि गरे। ‘सर्वोच्च अदालतको पछाडि नेपाली सेनाका नाममा ३७ रोपनी जग्गा थियो। जसमध्ये ९ रोपनी जग्गा सर्वोच्चले आफ्नो नाममा नामसारी गर्ने प्रक्रिया अघि बढाएको छ,’ उनले भने,‘सोही जग्गा हस्तान्तरणका विषयमा कुराकानी भएको हो।’ 

तर, संसद् विघटनको मुद्दामा बहस सकिएर फैसला आउने बेलामा भएको प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित: १० फाल्गुन २०७७ १०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App