१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रचण्ड–नेपाल समूहद्वारा ६४ जिल्ला र ४ महानगरको नेतृत्व चयन

फाइल तस्बिर।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले ६४ जिल्ला र ४ वटा महानगरपालिको नेतृत्वको टुंगो लगाएको छ। संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड मापदण्ड बनाएर ५०–५० को सहमति गरेको प्रचण्ड–नेपाल समूहले ६४ जिल्ला र ४ वटा महानगरपालिकामा अध्यक्ष र सचिवको टुंगो लगाएको हो।  

अब उक्त समूहले १३ वटा जिल्लाको नेतृत्व टुंगो लगाउन बाँकी छ। जसअन्तर्गत प्रदेश १ मा मोरङ, बागमती प्रदेशमा भक्तपुर, गण्डकी प्रदेशमा कास्की, तनहुँ, मनाङ, मुस्ताङ र स्याङ्जा रहेका छन्। यस्तै, लुुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्युठान र बर्दियाको नेतृत्व टुंगो लगाउन बाँकी छ। सुदूरपश्चिम प्रदेशमा एउटा मात्र जिल्ला कञ्जनपुरको नेतृत्व टुंग्याउन बाँकी छ।

प्रचण्ड–नेपाल समूहले महानगरमा काठमाडौं, ललितपुर, भरतपुर र बीरगञ्ज महानगरपरपालिमा अध्यक्ष र सचिवको टुंगो लगाएको छ। महानगरअन्तर्गत अब पोखरा र विराटनगरको नेतृत्व टुंग्याउन बाँकी छ।

गत पुस ५ गतेको प्रतिनिधि सभा विघटनपछि पछि सत्तारुढ दल नेकपा प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह गरि दुई समूहमा विभाजित भएको छ। पार्टी विभाजनपछि दुबै समूहले समानन्तर गतिविधि गर्दै आएका छन्। यद्यपि निर्वाचन आयोगले पार्टी आधिकारिकतामा उब्जिएको टुंगो लगाइसकेको छैन।

हेर्नुहोस् सूची:

प्रकाशित: १० फाल्गुन २०७७ ०८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App