१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपचारका लागि विदेश जानुपरेकोमा लज्जित र दुखित छु : पूर्व प्रधानमन्त्री भट्टराई

फाइल तस्बिर।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वास्थ्य उपचारका लागि भारत जानुपरेकोमा आफू लज्जित र दुखित रहेको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले शरीरमा पलाएको ‘ट्युमर सामान्य कि घातक हो’ छुट्याउन नसकेर विदेश जानुपरेकोप्रति आफू लज्जित र दुखी बनेको बताएका हुन्।  

‘अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिँदै गर्दा अत्यन्त लज्जित र दुखित छु,’ उनले लेखेका छन्,‘२१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु! सामान्य नागरिकको के होला?’ 

साथै, उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुलाई धन्यवाद पनि दिएका छन्।

भट्टराई आइतबार उपचारका लागि भारतको नयाँ दिल्ली गएका थिए। पेटमा समस्या देखिएपछि उपचारका लागि उनी भारत गएका हुन्। उनको दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा उपचार हुनेछ।

प्रकाशित: ९ फाल्गुन २०७७ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App