१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश

फाइल तस्बिर

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश भएको छ। प्रचण्ड–नेपाल पक्षीय प्रदेश सांसद इन्द्रबहादुर आङ्बोले लक्ष्मण तिवारीको समर्थनमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन्।

अविश्वासको प्रस्ताव पेश भएसँगै आजको प्रदेश सभा बैठक फागुन २० गतेसम्म लागि स्थगित भएको छ।

यसअघि आजको प्रदेश सभा बैठक रोक्न मुख्य मन्त्री राईले सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरेका थिए। तर, सभामुख भण्डारीले मुख्यमन्त्रीको आग्रहलाई अस्वीकार गर्दै कार्यसूचीसमेत प्रकाशन गरेर बैठक सञ्चालन गरेका हुन्।  

हिजो विराटनगरमा आयोजित ओली समूहको भेलामा मुख्यमन्त्री राई प्रचण्ड–नेपालले प्रदेश कब्जा गर्न खोजेको तर त्यसलाई सफल हुन नदिने बताएका थिए।

राईविरुद्ध प्रचण्ड–नेपाल समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। 

गत पुस ५ गते भएको प्रतिनिधि सभा विघटनपछि सत्तारुढ दल नेकपाको विभाजित बनेको थियो। त्यसको असर प्रदेशमा पनि देखिएको हो।

प्रकाशित: ९ फाल्गुन २०७७ १०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App