१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद् पुनःस्थापनाको विकल्प छैन : शेखर कोइराला

फाइल तस्बिर।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद् पुनःस्थापनाको विकल्प नरहेको बताएका छन्। आइतबार मोरङको सुन्दरहरैचामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले संविधानले स्पष्टसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई असंवैधानिक ठहर गर्ने विश्वास व्यक्त गरे।

संसद् विघटनको निर्णयलाई अदालतबाट सदर गराउने प्रयास स्वरुप प्रधानमन्त्री ओलीले संसद सर्वोच्च अदालतलाई धम्की दिएको उनको आरोप छ। तर, सर्वोच्चले संसद विघटनलाई बदर गरिदिने उनको विश्वास छ। ‘सर्वोच्च अदालतले गर्ने फैसलालाई तीन करोड जनताले हेरिरहेका छन्,’ उनले भने,‘संसद पुनःस्थापना हुन्छ। त्यो भन्दा अर्को विकल्प छैन।’

अर्को प्रसंगमा नेता कोइरालाले सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको टिप्पणी गरे।

प्रकाशित: ९ फाल्गुन २०७७ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App