१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीमा सर्वसत्तावादको फासिस्ट रुप देखिन थाल्यो : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै पार्टीको कमजोरीले गर्दा केपी शर्मा ओली सर्वसत्तावादको फासिस्ट रुपको प्रधानमन्त्री हुन थालेको बताएका छन्। उनले काँग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी खेल्न नसक्दा देशको कार्यकारी प्रमुखले अदालतमाथि धम्की दिने र निर्वाचन आफ्नो पक्षमा पार्न र्निलज्जा र निसङ्कोच अभिव्यक्ति दिने गरेको जिकिर गरे।  

प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित सभामा सर्वोच्च अदालतबाट संसद् विघटनको पक्षमा फैसला नआए आफूहरु अन्दोलनमा जाने र चुनाब हामीले नै जित्नुपर्छ भनी अभिव्यक्ति दिएका थिए।  

‘मेरो कदमलाई सदर गरि दिएन भने आन्दोलन गर्छु भनेर राष्ट्रको प्रधानमन्त्री स्वयम् आन्दोलनको धम्की दिन्छ। अदालतमाथि धम्की दिन्छ। यहाँसम्म पुग्नु भनेको प्रतिपक्ष दलले प्रस्ट धारण नराखेको हुनाले हाम्रो कमजोरीले गर्दा उसलाईं यति हदसम्म गर्ने दुरुत्साहन र यतिसम्म गर्ने हिम्मत आएको हो,’ वरिष्ठ नेता पौडेलले आज इटहरीमा नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा भने। देशको प्रधानमन्त्रीले अदालतविरुद्ध यस्तो अभिव्यक्ति दिनु आपत्तिजनक भएको पौडेलले जनाए।  

‘खबरदार अदालतले मेरो विपक्षमा फैसला गरेमा आन्दोलन गरि दिन्छु रे। यसरी अदालतलाई धम्क्याउने कुरा देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले निर्लज्जातापूर्वक, निसंकोच भनिरहेको छ, यो घोर आपत्तिजनक छ,’ उनले भने, ‘प्रधानमन्त्री सर्वसत्तावादको फासिस्ट रुपको प्रधानमन्त्री हुन थाल्यो।’  

नेता पौडेलले एउटा लोकतान्त्रिक प्रक्रियाबाट लोकतान्त्रिक प्रधानमन्त्रीले चुनेकोमा अर्को अधिनायकवादको रुपमा क्रमशः रुपान्तरण गरेर लग्दै गरेको टिप्पणी गरे। ‘यस्तो प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध काँग्रेसजस्तो पार्टी यसको प्रतिवाद गर्ने कि गर्ने? यसलाई केन्द्रीय तहको नेताका कारण मैले प्रतिवाद गर्न आवश्यक ठानेर त्यही अनुसार लागेको हुँ,’ उनले भने।  

नेता पौडेलले एक त चुनाव हुनै नसक्ने भएमा केपी ओली कब्जा गर्ने रणनीतिका साथ गर्ने दावी गरे। ‘अरु कसले जित्ने? अरुले जित्न पाइदैन भनि देशको प्रधानमन्त्रीले यस किसिमको अभिव्यक्ति दिनु भनेको त धाँधली गरेर चुनाव कब्जा गर्ने रणनीतिकबोहक अरु केही हुन सक्दैन,’ उनले भने, ‘उनले भित्रभित्रै तानाबाना बुनिरहेका छन्। काँग्रेसका साथीहरु प्रतिपक्षका साथीहरु अरु सबै लोकतान्त्रिक पार्टीहरु यस कुराबाट सचेत हुनुपर्छ गम्भीर हुनुपर्छ।’  

उनले मुलुकलाईं अधिनायकवादतिर लाने सर्वसत्तावादतिर लाने कुराको प्रधानमन्त्री ओलीबाट मञ्चन भइरहेको दावी गरे। ‘केपी ओलीले यस्तो मञ्चन गरिरहेको बेला काँग्रेसले अनभिज्ञता राख्न सक्दैन, सचेत गराएर प्रतिक्रिया दिनै पर्छ,’ उनले भने।

प्रकाशित: ९ फाल्गुन २०७७ ०५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App