१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद विघटनविरुद्ध टुँडिखेलमा मानव साङ्लो

फाइल तस्बिर

नेकपा प्रचण्ड-नेपाल समूहको चौथो चरणको आन्दोलनअन्तर्गत आज टुँडिखेलमा मानव साङ्लो बनाएका छन्। नेकपा कार्यकर्ताले मानव साङ्लो बनाएर टुँडिखेल घेरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रचण्ड-नेपाल समूह आन्दोलनमा छ। प्रधानमन्त्रीको कदम सच्चिनुपर्ने माग राख्दै आएका उनीहरुले चौंथो चरणमा विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।  

प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयको विरुद्ध प्रचण्ड-नेपाल समूहले फागुन ५ गतेदेखि १५ गतेसम्म काठमाडौं लगायत मुलुकभर विरोध प्रदर्शन गर्ने घोषणा गरेको थियो।

 

 

प्रकाशित: ६ फाल्गुन २०७७ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App