५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

भ्रष्टाचारका सम्बन्धमा मेरो मुखमा पानी हालेर बोल्ने बानी छैन : प्रधानमन्त्री ओली

फाइल तस्वीर।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले महत्वपूर्ण उपलब्धि गरेको दाबी गरेका छन्। सरकारले तीन वर्षको अवधिमा गरेका कामहरु सोमबार सिंहदरबारबाट सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकाले भ्रष्टाचार नियन्त्रण र सुशासनको क्षेत्रमा महत्वपूर्ण उपलब्धि गरेको बताए।

‘मैले भनेको थिएँ, आफू पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न। आज फेरि एकपटक दोहोर्‍याउन चाहन्छु, भ्रष्टाचारका सम्बन्धमा मेरो मुखमा पानी हालेर बोल्ने बानी छैन। जो जतिसुकै उच्च ओहोदावाला होस् वा कथित पहुँचवाला हुन् तिनको मुख हेरेर सजाय तोकिन्न,’ ओलीले भने।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरिएपछि प्रधानमन्त्री ओली सरकारले गरेका कामहरुको व्यापक प्रचार गर्दै आएका छन्। ओलीले हरेक सार्वजनिक कार्यक्रमकको सम्बोधनका क्रममा आफ्नो अधिकांश सयम खर्चिने गरेका छन्।  

प्रकाशित: ३ फाल्गुन २०७७ ०७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App