५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा मरणोपरान्त शरीर दानको घोषणा

फाइल तस्वीर।

शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले मरणोपरान्त शरीर दान गर्ने घोषणा गरेका छन्। ललितपुर महानगरपालिकाको प्राङ्गणमा शुक्रबार आयोजित कार्यक्रममा जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आफ्नो मरोणोपरान्त शरीर दानको घोषणा गरेका हुन्।

जोशी दम्पतीले किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गरेका हुन्। सो क्रममा शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दानको घोषणा गरेको बताए।

घोषणा कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीले शरीर दानको घोषणा गरेर ‘माइलस्टोन’ कोर्नुभएको बताए। 

प्रकाशित: ३० माघ २०७७ १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App