२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान

तस्वीरः विष्णु रिजालको फेसबुकबाट।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल शुक्रबार दिल्ली गएका छन्। नेता खनाल आफ्नो स्वास्थ्य उपचारका लागि आज बिहान साढे ११ बजे दिल्लीतर्फ प्रस्थान गरेका हुन्। उनी शरीर काँप्ने रोगको उपचारका लागि दिल्ली गएका हुन्।

नेकपा प्रचण्ड–नेपाल समूहका नेता विष्णु रिजालका अनुसार दिल्ली रहँदा खनालले कुनै राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छैन। ‘उहाँको भारतको  दिल्लीस्थित अपोलो अस्पतालमा उपचार हुनेछ,’ नेता रिजालले नागरिकसँग भने,‘उहाँ नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली जानुभएको हो। राजनीतिक भेटघाटको कुनै कार्यक्रम छैन।’

नेपालमा राजनीतिक अस्थिरता चरमोत्कर्षमा पुगेका बेला नेता खनाल आफ्नो स्वास्थ्य उपचारका दिल्ली जान लागेका हुन्।

खनाल आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: ३० माघ २०७७ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App