१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नेतृ झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने अनेरास्ववियूको चेतावनी

तस्वीरः नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेतृ रामकुमारी झाँक्रीलाई रिहा नगरे आमहड्ताल गर्ने चेतावनी दिएको छ। अनेरास्ववियूले बिहीबार एक विज्ञप्ति जारी गरेर राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ परेकी झाँक्रीलाई आज साँझसम्म रिहा नगरे आमहड्तालको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको हो।

सह संयोजक रञ्जित तामाङले हस्ताक्षर गरेको विज्ञप्तिमा झाँक्रीलाई रिहा नगरे भोलिदेखि सडकमा सरकारी गाडी गुड्न नदिने र हडतालसम्मका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ।

नेतृ झाँक्रीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको थियो। 

विज्ञप्ति:

प्रकाशित: २९ माघ २०७७ १२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App