१९ असार २०८१ बुधबार
image/svg+xml
कला

स्व.दुर्गाबावु पाठक स्मृति सङ्गीत पुरस्कार रायन घिमिरेलाई

सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबावु पाठको स्मृतिमा स्थापित ‘दुर्गाबावु पाठक स्मृती सङ्गीत पुरस्कार’ कीर्तिपुर स्थित नेपाल एपीएफ स्कुलको कक्षा ८ मा अध्ययनरत छात्र रायन घिमिरेलाई प्रदान गरिएको छ।

असार १७ गते सोमबार सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सवको अवसर पारेर सङ्घकी उपाध्यक्ष साबित्रा कुमारी जैसीले घिमिरेलाई  पुरस्कार प्रदान गरेकी हुन्।

यसअघिका वर्षहरूमा सो  पुरस्कार नेपाल एपीएफ स्कुल कीर्तिपुरका छात्रहरू आशिष रोकाया, साइजित पाण्डे, अनिष थापा मगर र अर्जुन झालाई प्रदान गरिएको थियो।

स्व. पाठको स्मृतिमा सि.सं.७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मीहरुद्धारा सामूहिक रुपमा २०७३ सालमा  अक्षयकोष स्थापना गरिएको थियो। कोषमा जम्मा भएको रकमको ब्याजबाट हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवमा सो पुरस्कार नेपाल एपीएफ स्कुलमा अध्ययनरत सङ्गीततर्फ प्रथम हुने छात्र तथा छात्रालाई प्रदान गरिँदै आएको सोही ब्याचका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

स्व.पाठकले  ‘पक्षी र निन्द्रा लाग्दैन’  गरी दुईवटा एल्बम बजारमा ल्याएका थिए।  गीत सङ्गीतमा  रुचि राख्ने पाठक  २०६०/२०६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राईजिङ् स्टारको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए भने आठौँ कालिका म्युजिक अवार्डमा वेष्ट आर्टिष्टको उपाधि समेत हात पारेका थिए।

गीत लेख्ने, सङ्गीत दिने र आफै गाउने समेत क्षमता भएका स्व।पाठकको प्रतिभालाई अमर राख्नको लागि उक्त अक्षयकोष स्थापना गरिएको डिएसपी  थापाले जानकारी दिए। कर्तव्य पालनाको सिलसिलामा २०७२ चैत्र २८ गते धादिङको मलेखुमा भएको अकल्पनीय सडक दुर्घटनामा परि उनको  निधन भएको थियो।

प्रकाशित: १७ असार २०८१ १७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App