१५ चैत्र २०८० बिहीबार
राजनीति

आज ५ लाख आए, केहीदिनपछि सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता आउनेछन् : प्रचण्ड

तस्वीरः मोनिका मल्ल/नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘लोकतन्त्रको हत्या गर्ने अपराधी चरित्र’ नेपाली जनताले बुझिसकेको बताएका छन्। बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको चरित्रमा सुधार नआए सिंहदरबार र बालुवाटार घेरिने बताए।

‘आज हामीले आयोजना गरेको समाभा ५ लाख मानिसको उपस्थित भएको अनुमान छ,’ उनले भने,‘केपी ओलीले केहीदिनअघि सभा कस्तो हुन्छ हामी देखाउँछौं भनेर भन्नुभएको थियो। केपीजी देख्नुभयो सभा कस्तो हुन्छ? देख्नुभयो विरोध र प्रदर्शन कस्तो हुन्छ ? अझैपनि यो लाखौं जनताको यो उपस्थिति देख्नुभएन भने म तपाईंलाई चुनौति दिन चाहन्छु। हेर्नुहोला केहीदिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौंलाख जनता आउनेछन्।’

प्रतिनिधि सभा विघटनपछि सडकमा आएको नेकपा प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा विरोध सभाको आयोजना गरेको हो। सभामा नेकपाका शीर्ष नेताहरुको सहभागिता छ।

प्रकाशित: २८ माघ २०७७ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App