coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्ड–नेपालको विरोधसभाका लागि जुम्लादेखिका कार्यकर्ता काठमाडौंमा

तस्वीरः नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभामा जुम्ला, कालिकोटलगायतका जिल्लाका कार्यकर्ताले समेत सहभागिता जनाएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा आयोजना गरेको विरोधसभामा उल्लेखनीय कार्यकर्ताको सहभागिता रहेको छ।

विरोधसभाका लागि देशका विकट मानिने जिल्लाहरु कालिकोट, जुम्ला, डोल्पा अछाम लगायतका जिल्लाका कार्यकर्ताको समेत सहभागिता देखिएको छ। यस्तै, तराईका जिल्लाहरु सिरहा, सप्तरी, महोत्तरी, चितवनसहितका जिल्लाका कार्यकर्ता प्रदर्शनमा देखिएका छन्।  

काठमाडौंका विभिन्न पाँच स्थानबाट निस्किएको जुलुस प्रदर्शनीमार्गमा आयोजना गरिएको कोणसभामा परिणत भएको छ। विरोध सभालाई प्रचण्ड, माधव नेपालसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: २८ माघ २०७७ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App