२४ मंसिर २०७९ शनिबार
राजनीति

माघ ३० गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय

सरकारले यहि माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।  

यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिइएको बिदा सरकारले ३ वर्षअघि कटौती गरेको थियो। उक्त समुदायले पटक पटक बिदाको माग गरेपछि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा देशभर सार्वजानिक बिदा दिने निर्णय गरेको हो। 

तामाङ समुदायले ल्होछारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछन्। तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ। त्यसैले ल्होसारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ।

प्रकाशित: २७ माघ २०७७ १२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App