coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दोलखामा कांग्रेसका शुभेच्छुक संस्थाको प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा शनिबार ट्रेड युनियन कांग्रेसमा आबद्ध पेशाकर्मीहरुले दोलखामा सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका छन् ।  

ट्रेड युनियन कांग्रेसको अगुवाईमा काङ्ग्रेस निकट २४  वटा  पेशागत संघ संस्थाले चरिकोटमा प्रदर्शन गरेका हुन् । शुभेच्छुक संस्थाले देशैभर प्रदर्शन गर्ने नेपाली काङ्ग्रेस केन्द्रीय समितिको कार्यक्रम अनुसार शनिबार दिउँसो चरिकोटमा पार्टीका २४ शुभेच्छुक संस्थाले विरोध प्रदर्शन गरेका हुन् ।  

काङ्ग्रेस पार्टी कार्यालयबाट निस्किएको र्यालीले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो । कालोपट्टी बाध्नुका साथै कालो माक्स लगाएका र्यालीका सहभागीले प्ले कार्ड बोकेका थिए । नाराबाजी बिनै र्यालीका सहभागी बजारका विभिन्न भागको परिक्रमा गरेका थिए ।  

काङ्ग्रेस पार्टी कार्यालय प्रांगणमा आयोजित सभामा ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष रामजी चौलागाई लगायतले बोलेका थिए ।

प्रकाशित: २४ माघ २०७७ ११:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App