२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विराटनगरमा बन्दको विरोधमा प्रदर्शन

आमहड्तालविरुद्ध विराटनगरमा युवा विद्यार्थीले प्रदर्शन गरेका छन् । बन्द हड्ताल विरुद्ध गरिखान देउ भन्दै युवा विद्यार्थीले विराटनगरको ट्राफिक चोकबाट  नाराबाजी गर्दै स्थानिय घाँस चोकमा पुगेर कोणसभा गरेका थिए ।  

बन्द बिरोधी ¥यालीमा सहभागिहरूले गरिखान देउ, बन्द सँधैका लागि बन्द गरौं, नेपाल खुला छ जस्ता नारा लगाएका थिए । कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी नेता भाष्कर खनालले कोभीडका कारण समस्यामा परेका जनतालाई नेपाल बन्दले सास्ती दिएको बताए । कसैलाई प्रधानमन्त्री बनाउन र कसैलाई कुर्सी जोगाउन नेपाल बन्द गर्न दिन नहुने  खनालको भनाई छ । उनले भने‘कसैलाई मन्त्री, प्रधानमन्त्री, बनाउन, कसैको कुर्सी जोगाउने बन्द हड्ताल गर्न दिन हुँदैन ।’   जनतालाई दुःख दिएर बन्द हड्ताल गरेर नेपाली जनताका छोराछोरीको भविश्य विगार्नेहरूको विरुद्ध उत्रिन खनालले आग्रहसमेत गरे ।  बन्द गर्नेहरूलाई स्यालझै लखेट्न उनले आह्वान गरे । बन्द बिरोधी ¥याली गुद्री बजार परिक्रमा पछि पुनः ट्राफिक चोकमै आएका समापन भएको थियो ।  

प्रकाशित: २२ माघ २०७७ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App