२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

विवादका बीच संवैधानिक आयोगका नवनियुक्त पदाधिकारीले लिए शपथ

संवैधानिक परिषद्को सिफारिशबमोजिम संवैधानिक आयोगहरूका नवनियुक्त पदाधिकारीहरूले आज शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विभिन्न आयोगका पदाधिकारीहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार ९ बजे शपथ गराएका हुन्।

परिषद्ले गरेको सिफारिशको पत्र गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएकै दिन संसद् सचिवालयमा पुगेको थियो। पत्र संसद् सचिवालयमा पुगेको ४५ दिनपछि संसदीय सुनुवाइविनै शपथ गराइएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले सुनुवाइ गर्न नसकिने भन्दै संवैधानिक परिषद्को सिफारिस आइतबार फिर्ता पठाएका थिए। त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले सभामुख सापकोटाले सिफारिस फिर्ता पठाएकोमा आपत्ति प्रकट गरेका थिए।

प्रकाशित: २१ माघ २०७७ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App