२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता भंग गरे’

विरोध सभामा सहभागी नारायणकाजी श्रेष्ठ लगायत । तस्बिरः नागरिक

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदकै लागि पार्टी एकता भंग गरेको बताएका छन् ।  गोरखाको सिरानचोक गाउँपालिकामा शुक्रवार गाउँ पार्टीले आयोजना गरेको संसद बिघटन बिरुद्धको जनसभामा बोल्दै उनले भने ‘केपी ओलीले पार्टी एकता आफ्नो लागि गरेका रहेछन्, प्रधानमन्त्री पद जान्छ भनेपछि संविधान र लोकतन्त्र पनि मान्नु भएन, पार्टी एकता नै भंग गर्नुभयो ।’  

निरङकुश लोकतन्त्रका लागि लडेको नभई केपी ओली प्रधानमन्त्री पदका लागि लडेको आरोप उनले लगाए । जनतालाई समाजवाद तर्फ लैजान, शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना गरेर समृद्ध नेपालका लागि पार्टी एकता गरेको भएपनि ओलीले भने आफ्नो पदका लागि मात्र एकता गरेको पुष्टि भएको उनले आरोप लगाए । ओलीले लोकतन्त्रको हत्या गरेको बताउँदै श्रेष्ठले जनादेश माथि मानमर्दन भएको बताए । केपी ओलीले संसद र पार्टीप्रति गरेको आक्रमणलाई असफल बनाएर संसद पुर्नस्थापना गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए ।  

एकसय जनाको समुहले आधिकारिक कम्युनिष्ट पार्टी हामी हौं भन्नु सान्र्दभिक नभएको बताउँदै जनता र कानुनले पनि आफु पक्षधर पार्टी बैधानिक भएको प्रष्ट पारेको उनले बताए । सभामा नेकपाका केन्द्रीय सदस्य दिनेशचन्द्र देवकोटा, लेखनाथ न्यौपाने, रामकुमारी झाँकी लगायतले सम्बोधन गरेका थिए । 

प्रकाशित: १६ माघ २०७७ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App