१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

वैशाखमा हुने चुनाव कसैले नसोचेको तरिकाले हुनेछ : मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले आगामी वैशाखमा हुने चुनाव कसैले नसोचेको तरिकाले हुने बताएकी छन्।

अखिल नेपाल महिला सङ्घ काभ्रे जिल्ला कमिटीको बिहीबार बनेपामा भएको जिल्लास्तरीय बैठक तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला भोट बैंक भएकाले त्यसलाई निष्कलङ्करुपमा पार्टीलाई बहुमत ल्याउने तरिकाले लाग्न आग्रह गरिन्। उनले पार्टीभित्र पनि प्रतिस्पर्धा हुने भएकाले महिला मुक्ति र अधिकार स्थापित गर्नको लागि महिलाले अब इतिहासको गाथा गाएर मात्रै नहुने भएकाले क्षमता प्रदर्शन गरेर प्रतिस्पर्धामा उत्रनका लागि आफैँ सक्षम हुन आवश्यक रहेकोमा जोड दिइन्।

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अधिकारका हिसाबले नेपाली महिला सम्पन्न भइसकेको बताउँदै अब प्राप्त अधिकारलाई संरक्षण गर्न लाग्नुपर्नेमा जोड दिए। “अब हाम्रो लडाई प्राप्त अधिकारलाई व्यावहारिक रुपमा जीवनमा प्रयोग गर्नका निम्ति अझ बढी संघर्षशिल, गतिशिल र चलायमान हुनुपर्नेछ”, उनले भने। बागमती प्रदेश सभा सदस्य गोमा भूर्तेलले अब आउने दिनमा आफ्ना हक अधिकारका लागि महिलालाई मिलेर अघि बढ्न आग्रह गरे। “राजनीतिबाट टाढा रहेर केही पनि गर्न नसक्ने भएकाले अब महिला पनि कम्मर कसेर लाग्नुपर्ने बेला आएको छ”, उनले भने। रासस

प्रकाशित: १६ माघ २०७७ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App