६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

लिखित जवाफसहित अदालतमा उपस्थित हुन ओलीलाई सर्वोच्चको आदेश

अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीलाई जवाफसहित उपस्थित हुन आदेशव दिएको छ।  न्यायाधीश मनोज शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित ७ दिनभित्र आफै उपस्थित हुन आदेश गरेको हो।

संसद विघटनको मुद्दा सर्वोच्चको संवैधानिक इजालसमा रहँदा ओलीले पटक पटक अभिव्यक्ति दिएको, कानुन व्यवसायीलाई अपमान हुनेगरी भनाई व्यक्त गरेको भन्दै अवहेलना निवेदन दर्ता भएको थियो।  

ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए।

 

 

 

 

प्रकाशित: १५ माघ २०७७ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App