१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कास्की कांग्रेसद्वारा प्रदर्शन प्रभावकारी बनाउन निर्देशन

नेपाली कांग्रेस कास्कीले संसद् विघटन विरुद्वको प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउन भातृ तथा शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ ।

कास्की कांग्रेस, क्षेत्र, प्रदेश, भातृ तथा शुभेच्छुक संस्थाको बिहीबारको संयुक्त बैठकमा कास्की कांग्रेसका सभापति कृष्ण केसीले त्यस्तो निर्देशन दिएका हुन् । केसीले आगामि दिनमा हुने प्रदर्शन अझै व्यापक हुनुपर्ने भन्दै बढी भन्दा बढी सहभागिताका जुटाउनका लागि निर्देशन दिएका थिए ।  

कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलका अनुसार संसद विघटन विरुद्ध आगामि दिनमा हुने प्रदर्शन अझ वृहत हुनेछन् । संसद् विघटन विरुद्वको आन्दोलनलाई निरन्तरता दिदै कांग्रेसले माघ १९ गते सोमबार भातृ संस्था र २४ गते शुभेच्छुक संस्थाको संयुुक्त प्रदर्शन तय गरेको छ । ती दिन कास्कीमा पनि भातृ र शुभेच्छुक संस्थाले प्रदर्शन गर्ने प्रवक्ता सिग्देलले जानकारी दिए ।

प्रकाशित: १५ माघ २०७७ १०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App