१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आन्दोलनको आँधीले ओली एन्ड कम्पनीलाई उडाउँछ : उपेन्द्र यादव

तस्वीर : मिथिलेश यादव/नागरिक

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको पतनको दिन सुरु भएको बताएका छन् । आन्दोलनको आँधीले ओली एन्ड कम्पनीलाई उडाएर किनारा लगाउने उनले दाबी गरे ।  

‘कोरोन महामारीबाट जनतालाई बचाउनु, बेरोजगारलाई रोजगारको अवसर सिर्जना गर्नु, मुलुकलाई आर्थिक संकटबाट उभो लगाउनु पर्ने बेलामा असंवैधानिक कदममार्फत संसद भंग गरेर चुनावको घोषणा गर्नु अलोकतान्त्रिक प्रवृतिको प्रदर्शन हो’, उनले भने ।  

महामारीका कारण मुलुकको अर्थतन्त्रमा साढे ६ खरब नोक्सानी र करिब १३ लाख मासिन बेरोजगार हुँदा चुनावका लागि थप २० अरबको खर्च कहाँसम्म न्यायोचित कदम हो ? उनले प्रश्न गरे ।

संविधान उलंघन गरी लोकतन्त्रमाथि हमला गर्ने तत्कालिन राजा ज्ञानेन्द्रलाई आन्दोलनको आँधीले उडाएजस्तै ओली एन्ड कम्पनीको पतन निश्चित रहेको यादवले बताए । आफैंले उत्कृष्ट भनेको संविधान उल्लंघन गरी लोकतन्त्र, संघीय व्यवस्थामाथि हमला गर्ने हरकतलाई स्वीकार्न सकिन्न उनले भने, ‘अलोकतान्त्रिक, असंवैधानिक कदम नसच्चिएसम्म लडाइँ रोकिँदैन । लोकतन्त्र, संघीयता र संविधान रक्षाको आन्दोलनमा परिवर्तणकारी शतिmलाई लोलबद्ध गरी आन्दोलन अझ शसतmा रुपमा अघि बढ्छ ।’

असंवैधानिक रुपमा गरिएको संसद (प्रतिनिधिसभा) विघटनलाई सर्वोचअदालतले सच्चउँछ भन्नेमा हाम्रो मात्र नभई आम नेपालीको भरोसा छ अध्यक्ष यादवले भने,‘नेपाली जनता सर्वोच्च अदालतमाथि भरोसापूर्ण नजरले नियाल्दै छन् । अदालत न्यायोचित निर्णय दिन्छ भन्ने विश्वास छ ।’  

अदालत जनअपेक्षा विपरित निर्ण दिए हामी जनताको अदालतमा निसाफको सशतmा आवज बुलन्द पार्छौ उनले भने,‘जनताको अदालतले न्यायोचित फैसला दिन्छ ।’

२००७ सालदेखि २०४६ र ०६३ सालसम्मको उपलब्धीमाथि त्योबेलाका साशकहरु संविधान उलंघन गर्दै धाबा बोलेपछि जनताको अदालतले न्यायोचित फैसला गरेको स्मरण गराउँदै उनले भने,‘यसपाली पनि जनताको अदालत फैसालाका लागि तयार बसेको छ ।’

हामी असंवैधानिक कदम विरुध आन्दोलनमा उत्रिँदा धेरैले गर्ने प्रश्न छ–संविधानको विरोध गर्नेले संविधानमाथि भएको हमलाको किन बिरोध गरेको ? यादवले प्रष्ट्याउने खोजे,‘निश्चित रुपमा यस संविधानभित्र धेरै त्रुटी छन तर संघीयता, गणतन्त्र जस्ता उपलब्धीको ब्यावस्था गरिएको छ । यी दुबै उपलब्धी बलिदानीपूर्ण मधेस आन्दोलनको देन भएकोले यसको रक्षाका लागि आन्दोलनमा उत्रिनुपरेको यादवको स्पष्टोक्ति थियो ।’

अहिले नेपाली कांग्रे नेतृत्वको ढुलमुले हालत देखेर दया लागिरहेको छ उनले भने,‘प्रमुख प्रतिपक्षी दल लोकतन्त्रमाथि हमला हुँदा समेत भूमिकाविहिन बन्नु बिडम्बना हो । अहिलेको कांग्रेस नेतृत्वलाई विगतका नेतृत्वहरु विपीदेखि केपी(कृष्णप्रसाद)सम्मको भूमिकालाई स्पमरण गर्न यादवले सल्लाह दिए । लोकतन्त्र रक्षा आन्दोलनमा नेपाली कांग्रस भूमिका विहिन भएर असफलता प्रदर्शन गरेको उनको  टिप्पणी छ । नेपाली कांग्रेस नेतृत्व ओलीसँग सेटिङका कारण ढुलमुले अवस्थामा रहेको पनि यादवले बताए । ‘ केहि थान नियुक्तिका निमित लोकतन्त्रको घाटी निमोठिदा समेत कांग्रेस भूमिकाविहिन बनेको छ ,’ उनले भने, ‘अझै पनि साथीहरुको सदबुद्धि पलाओस् । आन्दोलनको मोर्चामा आउनुस्,स्वागत छ ।’  

केपी ओली सरकार चलाउन र आफ्नो पार्टी व्यवस्थित गर्न असक्षम सावित भएको टिप्पणी गर्दै यादवले भने,‘असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम चाल्नेहरु आफ्नो पतको बाटो आफैं रोज्यो । ओली नेतृत्वको सरकार रहेसम्म मुलुकमा लोकतन्त्र, संघीयतामाथि खतरा रहिरहन्छ ।’

बुद्यबार राजविकाराजमा बृहत जनप्रदर्शन तथा विरोध सभालाई सम्वोधन गर्दै अध्यक्ष यादवले संघीयता, समावेशिता, समानुपातिकता, सामाजिक न्याय, गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार लगायतलाई समाप्त गर्ने षडयन्त्र अन्तर्गत प्रतिनिधीसभा विघटन गरिएको बताए । ओली सत्तामा रहिरहेसम्म देशमा संकटको बादल मंडारिरह्नेछ यादवले भने,‘ओलीले अनुहार छोप्न कम्युनिष्टको मुखौटा लगाएको आरोप यादवले लगाए । ‘मुखौटाभित्र रोयलिस्ट र प्रतिगमनकारीको अनुहार छ,’ उनले भने ।  

बिरोधसभालाई सम्वोधन गर्दै जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान निर्माणमै खोट भएकोले मुलुकमा संवैधानिक अड्चन खडा भएको बताए ।

भारत, चीनलगायतका देशहरुको उदाहरण दिँदै प्रतिप्रश्न गरे – ‘भारतमा ७० वर्षअघि बनेको संविधान अहिलेपनि उतिकै कारगर छ तर हाम्रो मुलुकमा पटकपटक संविधान निर्माण गर्नुको कारण के होला ? उनले प्रश्न गरे ।’

संविधान निर्माताहरुले आफ्नो समुदायको हितमा संविधान लेख्ने काम गरेको कारण पटकपटक असफल भएको उनको दाबी थियो । उनले २०१७ सालमा शाहवंशका राजाहरुले आफ्नो लागि, ४६ सालमा राजा, कांग्रेस र कम्युनिष्टले आफ्नो समुदायको लागि तथा ७२ सालमा कांग्रेस, एमाले र माओवादीले आफ्नो जातीय अग्राधिकार कायम राख्न संविधान निर्माण गरेको आरोप लगाए । उनले भने, ‘देशमा मधेसी, आदिवासी, जनजाति, महिला तथा उत्पीडित वर्ग र समुदायको पक्षमा कहिल्यै पनि संविधान लेखिएन । संविधान निर्माणमै खोट छ ।’

मधेस आन्दोलनकै कारण मुलुकमा संघीयता, समावेशी र समानुपातिकतालगायतका अग्रगामी परिवर्तन भएको उल्लेख गर्दै उनले,‘ केपी ओली नेतृत्वको सरकार प्रत्येक मोर्चामा असफल भैसकेको छ । आफ्नो असफलता ढाकछोप गर्न संसद् विघटन गरेको छ ।’ असंवैधानिक तथा अलोकतान्त्रिक कदममा अदालतबाट जनताको पक्षमा फैसला आउने उनले विश्वास व्यक्त गरे ।

जसपा कार्यकारिणी समिति सदस्य रेणुकुमारी यादवले भनिन ‘जनताको अदालतभन्दा ठुलो केही हुन सक्दैनन् । राजालाई फाल्न सक्ने सामथ्र्य राख्ने जनता आफ्नो अधिकार लिन राम्ररी जानेको छ,’ उनले भनिन् ।

असंवैधानिक अलोकतान्त्रीक र प्रतिगामी कदम विरुध बुधबार  प्रदेश २ का सप्तरी,सिरहा,धनुषा,महोत्तरी,सर्लाही, रौतटह,बारा र पर्सा गरी आठ वटै जिल्लामा जनता समाजवादी पार्टीले प्रर्दशन एवं सभा आयोजना गरेको छ ।

प्रकाशित: ७ माघ २०७७ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App