१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तीन मिनेट बसेर प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश सभा बाहिर प्रदर्शन गर्दै प्रचण्ड माधव समूहका युवाहरू। तस्बिरः विनोद सुवेदी

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थागित भएको छ। प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेट बसेर अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको हो।  

सभामुख प्रदीपकुमार भण्डारीले  हिउँदे अधिवेशनको बुधबार बसेको पहिलो बैठकमा प्रदेशसभा अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुख सोमनाथ प्यासीले पठाएको पत्र पढेर सुनाएका थिए। पत्र पढे लगत्तै अर्को सूचना प्रकाशिन नभएसम्ममा लागि प्रदेश सभाको बैठक स्थगित भएको भण्डारीले जानकारी गराए।  नेकपामा देखिएको विवादका कारण प्रदेशसभाका सत्तारुढ सांसदहरू दुई धारमा विभाजित भएका छन्। बुधबारको बैठकमा दुवै पक्षका सांसदहरू एउटै पंक्तिमा बसेका थिए। प्रदेश सभाको अधिवेशन सुरू हुँदा दलका नेताहरूले  संसदलाई संवोधन गर्ने परम्परा रहे पनि बुधबार विहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभालाई कसैले पनि संबोधन नगर्ने सहमति भएको थियो। निलम्बन गरिएका सांसदलाई बैठकमा बस्न नदिने नेताहरूले बताउँदै आएका भए पनि बुधबारको प्रदेशसभा बैठकमा सबै सांसदहरूलाई प्रवेश दिइएको थियो।    

सुरक्षा व्यवस्था कडा  

प्रदेश सभाको बैठक सुरू हुन अगाडि देखि नै प्रदेशसभा भवन आसपास बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रदेशसभा बैठकको सुरक्षाका लागि विराटनगको अस्पताल चोक देखि देवकोटा चोकसम्मको सडकमा आवतजावत बन्द गरिएको थियो। सडकको दुबै पट्टी सुरक्षाकर्मीले काँडेतार लगाएर सुरक्षा दिएका थिए।  

भित्र बैठक बाहिर प्रदर्शन  

प्रदेशसभा बैठक सुरू हुनै लाग्दा संसद भवन बाहिर मुख्य मन्त्री शेरधन राई विरुद्ध नारावाजी भएको थियो। नेकपा  प्रचण्ड माधव समुहका युवाहरूले मुख्यमन्त्री शेरधन राईको राजीनामा माग्दै प्रदर्शन गरेका थिए। उनिहरूले प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री राई विरुद्ध केहि वेर नारावाजी गरेका थिए।  

फोटो क्याप्सनः  

१ प्रदेश सभाको सुरक्षाका लागि सडक शिल गरेर सुरक्षा दिंदै सुरक्षाकर्मीहरू। तस्बिरःविनोद सुवेदी ÷नागरिक  

२ 

३ प्रदेशसभामा सहभागि मन्त्री तथा सांसदहरू। तस्बिरः  चुमन बस्नेत÷नागरिक

 

प्रकाशित: ७ माघ २०७७ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App