२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ जनादेशका लागि निर्वाचन घोषणा अग्रगमन : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने बताएका छन् । उनले संसद विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनको मिति तोक्ने काम अग्रगमन भएको बताएका हुन् ।  

नेकपा अर्घाखाँचीले सन्धिखर्कमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रतिनिधिसभा विघटन हुँदैमा संघीयता, गणतन्त्र केही खारेज नहुने स्पष्ट पारे । उनले भने ‘राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकारमात्र हैन कुनै संवैधानिक अङ्गहरुसमेत विघटन नभएको अवस्थामा प्रतिनिधिसभा विघटन हुँदैमा लोकतन्त्र मासियो भनेर भन्नु अनुचित हो ।’  

उनले पूर्वप्रधानमन्त्री माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डहरुलाई निर्वाचनमा जान डराएको आरोप लगाए । उनले निर्वाचन आयोगमा पुगेर निर्वाचनका काम अगाडि नबढाउन आग्रह गर्नुले निर्वाचनमा जान डाराएर देखिएको उनको आरोप छ ।

प्रकाशित: ३ माघ २०७७ १४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App