coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जी न्युजको स्पष्टिकरण : सगरमाथा नेपालकै हो, तर भारतले 'माउन्ट सिकदर' नै भन्नुपर्छ

भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी सगरमाथा क्षेत्रमा। तस्वीरः सुधीर चौधरीको फेसबुकबाट

सगरमाथाबारे विवादास्पद सामाग्री प्रसारण गरेको भारतीय टेलिभिजन च्यानल जी न्युजले आफ्नो रिपोर्टलाई लिएर स्पष्टिकरण दिएको छ। जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले बुधबार राति प्रसारण भएको आफ्नो कार्यक्रममार्फत आफूले सगरमाथामाथि दाबी पेश गर्न नचाहेको बताएका हुन्। तर, भारतले सगरमाथालाई माउन्ट सिकन्दरका नामबाट चिन्नुपर्ने उनको भनाई छ।  

चौधरीले भनेका छन् - माउन्ट एभरेस्ट त जहाँ छ त्यही रहन्छ। नेपालले माउन्ट एभरेस्टलाई सगरमाथा भन्ने गरेजस्तै भारतले पनि आफ्ना लागि छुट्टै नाम राख्नको लागि अभियान थाल्नुपर्छ भनेका हौं। हामीले नेपालबाट केही खोस्न चाहेका हाइनौं। माउन्ट एभरेस्ट नेपालकै हो। यो नेपालको सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्छ।

उनले आफूले नेपाललाई नभई अंग्रेजलाई चुनौति दिन चाहेको बताएका छन्। अंग्रेजले राखेको नामलाई लिएर भारतले कहिल्यै चुनौति नदिएको उल्लेख गर्दै उनले अब चुनौति दिनेबेला आएको बताए। माउन्ट एभरेस्टलाई चीन र नेपालमा फरक फरक नामले सम्बोधन गर्ने गरेको उल्लेख गर्दै उनले भारतले पनि नयाँ नाम राख्नुपर्ने उनले बताए।  

‘हामीले जसरी नेपालले माउन्ट एभरेस्टलाई सगरमाथा भनेर सम्बोधन गर्छ, भारतले पनि आफ्नै मौलिक नाम राख्नुपर्छ भनेका हौं। भारतले पनि यसलाई माउनन्ट एभरेस्ट नभनरे माउन्ट सिक्दर भन्नुपर्छ भनेका हौं,’ उनले भने।  

उनले सगरमाथाको नाम माउन्ट सिकदर राख्नको लागि भारतले अभियान नै सञ्चालन गर्नुपर्ने बताए। ‘हामीले देशको असली हिरोलाई उनको हक दिलाउनको लागि माउन्ट एभरेस्ट पुगेर एक अभियान सुरु गरेका छौं। यदि तपाईं पनि माउन्ट एभरेस्टको नाम परिवर्तन गरेर माउन्ट सिकदर राखियोस् भन्ने चाहानुहुन्छ भनेर सामाजिक सञ्जालमार्फत यो अभियालमा जोडिनुहोस्,’ चौधरीले भने।

उनले नेपाल र भारतका नागरिकबीचको सम्बन्धमा उतारचढाव आउन नहुने समेत बताए। ‘नेपालमा जसले हामीलाई हेर्नुहुन्छ, तपाईं हाम्रा लागि खास हुनुहुन्छ। नेपाल र भारतबीच जुन भाइचारको सम्बन्ध छ, त्यो सँधै टिकिरहनुपर्छ। सरकार त आउने जाने भइरहन्छ। चुनावमा कहिले कसले जित्छ, कहिले कसले। यसले हाम्रो सम्बन्धलाई प्रभाव पार्नुहुँदैन,’ उनले भने।

यसअघि मंगलबार राति प्रसारण भएको कार्यक्रममा उनले सगरमाथाबारे विवादास्पद सामाग्री प्रस्तुत गरेपछि नेपालमा चौतर्फी विरोध भएको थियो।  

प्रकाशित: २९ पुस २०७७ १८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App