१५ चैत्र २०८० बिहीबार
राजनीति

संसद् विघटनविरूद्धको मुद्दा हेर्दाहेदैमा

फाइल तस्वीर

सर्वोच्च अदालतले संसद् विघटनविरूद्धको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ। संवैधानिक इजलासमै हेर्ने कि बृहत पूर्ण इजलासमा लैजाने भन्ने बहस नसकिए पछि उक्त मुद्दालाई शुक्रबारसम्म हेर्दा हेर्दैमा राखिएको हो।  

वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, हरि उप्रेती र दिनेश त्रिपाठीले संवैधानिक इजलासमा पठाउने आदेश त्रुटिपूर्ण रहेको भन्दै मुद्दाको सुनुवाइ बृहतपूर्ण इजलासमा लैजानु पर्ने माग राखेका थिए। सरकारको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बृहतपूर्ण इजलास आवश्यक नरहेको बताएका थिए। 

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्षताको इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजवहादुर केसी सदस्य रहेका छन्।

प्रकाशित: २९ पुस २०७७ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App