coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘लोकतन्त्र जोगाउन हातेमालो गरौं’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले गैरसंवैधानिक तरिकाले गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक अगुवाहरूको साथ खोज्दै हातेमालो गर्न प्रस्ताव राखेको छ। उक्त समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीमा देखिएको ‘बा प्रवृत्ति’ का कारण लोकतन्त्र खतरामा परेको भन्दै यसलाई जोगाउन नागरिक समूहका अगुवाहरूसँग हातेमालो गर्न प्रस्ताव राखेका हुन्।  

दाहाल–नेपाल समूहले नागरिक समाजका अगुवाहरूसँग बिहीबार गरेको अन्तक्र्रियामा अध्यक्ष नेपालले ओलीको ‘बा प्रवृत्ति’ विरुद्ध आफूहरू आन्दोलनमै रहेको बताए। ‘म पहिले नै ओली प्रवृत्तिबाट आजित थिएँ। भित्र समस्या थियो, बाहिर भन्न पनि नहुने। पार्टीका कुरा, वेदना कहाँ सुनाउने ? ठाउँ थिएन। अहिले ती वेदना साझा भएका छन्,’ नेपालले भने, ‘यो निरंकुश तानाशाही प्रवृत्ति हो। यो प्रवृत्तिले लोकतन्त्रमाथि धावा बोलेको छ, संस्थागत प्रणालीमाथि धावा बोलेको छ, संविधानमाथि धावा बोलेको छ, त्यसकारण हामी संघर्षमा छौं।’ उनले आफूहरूमा रहेको उग्रवामपन्थी धार उहिल्यै वाग्मतीमा बगाएको पनि बताए।  

नेपालले साझा झन्डामा आन्दोलनका लागि नागरिक अगुवाहरूसँग प्रस्ताव गरे। ‘अब हामी साझा झन्डामा जानुपर्छ। साझा सरोकारको विषय भएकाले सबैको मोर्चाबन्दी हुनुपर्छ। संघीयता, लोकतन्त्र र संविधानका हिमायती एक ठाउँमा हुनुपर्छ,’ नेपालले भने, ‘मैले ओली प्रवृत्तिले कुनै दिन संकट आउने देखेरै प्रतिनिधिसभामा मेरो देश डुब्नै लाग्यो, किनारा लगाइदेऊ भनेर बोलेको थिएँ।’ त्यस क्रममा उनले आफूहरूले उठाएको झन्डा साझा नभएको तर संकट आउँदा नागरिक समाजसँगै आन्दोलनमा सहभागी भएको स्मरण गर्दै सहकार्यको प्रस्ताव गरेका थिए।

प्रकाशित: २४ पुस २०७७ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App