१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भट्टराईको टिप्पणीः ठूलो कोठामा सुत्ने झगडाले घरमै आगो लगाइदिए

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले नेकपाभित्रको आपसी मतभेद र झगडाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आगो लगाइएको टिप्पणी गरेका छन्।

उनले एक ट्विट गर्दै नेकपाको आपसी झगडाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै आगो लगाएको टिप्पणी गरेका हुन्।  

उनले दुई समूहमा बाँडिएका नेकपाका नेताहरुले पार्टीभित्रको झगडालाई समझदारीमा लैजानुको साट्टा एकअर्का प्रति दोषारोपण गरेको बताएका छन्।

उनले ट्विटमा लेखेका छन्, 'एक आर्किटेक्टको अनुभूतिः जिन्दगीभरको मेहनतले 'संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो! सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए! केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिदैछन्। छिमेकी रमिते! ळौन आगो निभाऊॅ!'

प्रकाशित: १९ पुस २०७७ ०५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App