२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसलाई डा. भट्टराईको प्रश्न : राजासँग ‘मेलमिलाप’को ‘असफल’ कार्यनीति नै पछ्याइरहने?

नेपाली कांग्रेसले पुस १६ गते (आज) देशभर ४५औं मेलमिलाप दिवस मनाइरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेसलाई ‘मेलमिलाप’को ‘असफल’ कार्यनीति नै पछ्याइरहने कि विकल्प सोच्ने भनेर प्रश्न गरेका छन्।  

बिहीबार सामाजिक सञ्जालमार्फत डा. भट्टराईले बिपीले एउटा विशिस्ट अवस्थामा बाध्य भएर अपनाएको राजासँग ‘मेलमिलाप’को असफल कार्यनीति नै अँगालिरहने कि अहिले ओली प्रतिगमनविरूद्ध दरोसँग उभिने नीति लिने भनेर प्रश्न गरेका हुन्।  

भट्टराईले भनेका छन्, ‘जीवनभर निरंकुश राणातन्त्र राजतन्त्रविरूद्ध लडेका बिपीले एउटा विशिस्ट अवस्थामा बाध्य भएर अपनाएको राजासँग ‘मेलमिलाप’को असफल कार्यनीतिलाई नेकाले सर्वकालिक रूपमा मनाउनु सट्टा १२ बुँदे समझदारीदेखि गणतन्त्रसम्मको यात्रालाई मनाउने र अहिले ओली प्रतिगमनविरूद्ध दरोसँग उभिने नीति लिने हैन र?’ 

प्रकाशित: १६ पुस २०७७ ११:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App