१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद पुनःस्थापना संविधानले मिल्दैन : प्रधानमन्त्री ओली

फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार संसद पुनःस्थापना नहुने दाबी गरेका छन्। आज ओली पक्षका सुदूरपश्चिमका अगुवा कार्यकर्ताको बबरमहलमा भएको भेलालाई सम्बोधन गर्दै ओलीले संसद पुनःस्थापना सम्भव नभएको बताएका हुन्।

‘उहाँहरु भनिरहनुभएको छ संसद पुनःस्थापना हुन्छ,’ उनले भने,‘संसद पुनःस्थापना संविधानले मिल्दैन। संविधानले मिल्ने भए संसद पुनःस्थापना हुन्थ्यो। ६४ प्रतिशतसहितको सर्वसम्मत बहुमतको नेताले विघटन गरेको संसद पुनःस्थापना हुँदैन।’

उनले अनावश्यक समय खर्च गरेर संसद पुनःस्थापनाको माग गरिरहेकाहरुलाई ब्यंग्य समेत गरेका थिए। ‘माइतीघरतिर बस्न छोड्नुहोस्, केही सिटहरु तपाईंहरु पनि जित्नुहोस्, जित्नुछ भने अहिलेदेखि चुनावमा लाग्नुहोस्,’ उनले भने।

 

प्रकाशित: १५ पुस २०७७ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App