६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारको पछिल्लो कदम खारेज भएरै छाड्छ : नारायणकाजी श्रेष्ठ

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्लो कदम खारेज भएरै छाड्ने दाबी गरेका छन्।  

मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले संविधानविरोधी सरकारको कदम खारेज हुने जिकिर गरेका हुन्।

विरोधसभाको अध्यक्षता गरेका श्रेष्ठले संवैधानिक अंगलाई स्वच्छ ढंगले काम गर्ने वातावरण बनाउन प्रदर्शन गरिएको बताए।

उनले केपी शर्मा ओली सरकारविरुद्ध एकताबद्ध भएर संयुक्त आन्दोलनमा जान सबैलाई अपिलसमेत गरे। उनले प्रतिगमनकारी सरकारविरुद्ध आफूहरूको संघर्ष जारी रहने पनि बताए। 

प्रकाशित: १४ पुस २०७७ ०८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App