१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीद्वारा केपि ओली पक्षीय मन्त्रीलाई बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले केपी ओली पक्षीय भौतिक योजना तथा विकास मन्त्री पठानसिंह वोहरालाई बर्खास्त गरेका छन्। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले मन्त्री वोहरालाई पदमुक्त गरेको जानकारी प्रदेश प्रमुखलाई लेखेर पठाइएको उनका स्वकीय सचिव शिव ओलीले बताएका छन्। डडेल्धुराबाट निर्वाचित वोहरा सुदूरपश्चिम प्रदेश सरकारमा केपी ओली पक्षबाट मन्त्री भएका हुन्। 

काठमाडौमा रहेका मन्त्री वोहरालाई मुख्यमन्त्री भट्ट आज मंगलवार बिहान मात्र आफै फोन गरेपनि मन्त्रीबाट पदमुक्त गर्नेबारे कुनै कुरा नगरेको मन्त्री वोहराले बताए। ‘सुरुमा कहिले आउनु हुन्छ, भनेर सोधे, त्यसपछि राजनीतिक गतिबिधी के भैराछ, तपाई कता तिर हो भनेर सोधे ‘उनले भने,‘प्रधानमन्त्रीले नेतृत्व गरेको पार्टीमा नै हुँ भने, पदमुक्त गर्ने विषयमा कुनै कुरो नै गर्नुभएन।’ मुख्यमन्त्रीले पदमुक्त गर्न बाध्य हुँदै छु भनेर भन्नुपर्नेमा कुनै छनक समेत नदिएको उल्लेख गर्दै मिडियाबाट मात्र आफूले पदमुक्त भएको थाह भएको बताए।  

सुदूरपश्चिम प्रदेश सरकारमा आफूले गरेको कामले सरकारकै इज्जत थामिएको उनले बताए। कुरो, भाषण भन्दा पनि काममा बढी सक्रिय भैरहने मन्त्री वोहराले आफूले गरेको कामको जनताले मूल्यांकन गरेको र अहिले राजनीतिक प्रतिसोधका कारण पदमुक्त गरेकोलाई स्वभाविक रुपमा लिएको प्रतिक्रिया दिएका छन्। सुदूरपश्चिम प्रदेशमा ५३ सदस्य रहेका छन्। 

७ मन्त्री रहेको सुदूरपश्चिम सरकारमा मुख्यमन्त्रीसहित ३ जना माओवादी, ३ जना माधव पक्ष र वोहरा केपी ओली पक्षका थिए। अहिले पार्टी बिभाजन भएपछि मुख्यमन्त्रीसहित ५ जना प्रचण्ड माधव पक्षमा छन्। आन्तरिक मामिला तथा योजना मन्त्री झपट वोहरा ओली पक्षमा देखिएका छन्।  

३९ जना रहेको नेकपामा प्रचण्ड माधव पक्षको बहुमत रहेको छ।

प्रकाशित: १४ पुस २०७७ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App