६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद विघटनविरुद्ध जसपाद्वारा आन्दोलन घोषणा

जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध आन्दोलनको घोषणा गरेको छ।

मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ देखि आन्दोलनमा जाने घोषणा गरेको हो।

जसपाले संसद अझै जीवित रहेको निष्कर्ष निकालेको छ। संविधानमा संसद भंगको प्रावधान भएको भन्दै जसपाले सभामुखलाई संसदको बैठक बोलाउन आग्रह गरेको छ।

संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसार पुस ८ गते सबै जिल्लामा विरोध प्रदर्शन गर्ने, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने र  १२ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय भएको छ।  

 

 

 

प्रकाशित: ७ पुस २०७७ १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App