६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

दाहाल–नेपाल समूहका सांसदको भेला : संसद बैठक बोलाउन माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सांसदहरूको भेलाले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ।  

सोमबार बानेश्वरस्थित संसद भवनमा बसेको भेलाले सरकारको पछिल्लो कदमलाई अस्वीकार गर्दै नियमित अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको हो। संविधान बमोजिम प्रतिनिधिसभालाई विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको निष्कर्ष भेलाले निकालेको छ।  

साथै भेलाले प्रधानमन्त्रीको असंवैधानिक कदमका कारण देशमा उत्पन्न परिस्थितिमा एकताबद्ध भएर अघि बढ्ने संकल्प पनि गरेको छ।  

भेलाले बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ। भेला सकिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता माधव नेपालले आफू अल्पमतमा परेपछि ओलीले असंवैधानिक कदम चालेको बताए। ‘ओलीले संविधानको स्प्रीटविरूद्ध निणर्य गर्नुभएको छ,’ उनले भने,‘हामी आलीको कदमको घोर विरोध गर्दछौं।’

 

 

 

प्रकाशित: ६ पुस २०७७ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App